एमाले महाधिवेशन : निर्वाचन अध्यक्ष मण्डलको बैठक शुरु


१२ मंसिर २०७८, आईतवार
CPN UML 2

चितवन, १२ मंसिर । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक शुरु भएको छ । केपी शर्मा ओलीको अध्यक्षतामा गठित अध्यक्ष मण्डलको बैठक शुरु भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

११ सदस्यीय कमिटीमा एमाले उपाध्यक्ष भीम रावललगायतका नेताहरु सदस्य छन् । एमालेको केन्द्रीय कमिटी विघटन भएपछि अध्यक्ष मण्डल निर्माण गरिएको थियो । बन्द सत्रलाई कसरी अगाडि बढाउने भन्ने सवालमा अध्यक्ष मण्डलले निर्णय गर्नेछ ।

आज (आइतवार) बिहान १० बजेको लागि वैठक तय भएको थियो । तर मध्यराति १० बजे शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आइतवार राति पौने १० बजे पार्क सफारीबाट सेभेनस्टार होटलस्थित बन्दसत्र हलमा आएपछि अध्यक्षमण्डलको बैठक शसुरु भएको हो ।

अध्यक्ष मण्डलमा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, रामबहादुर थाप, टोपबहादुर रायमाझी, सुवास नेम्वाङ लालबाबु पण्डित र छबिलाल विश्वकर्मा छन् । यही बैठकले नयाँ नेतृत्वको नाम टुंगो लगाउने भएको छ । ओलीले पार्क सफारीमा दिनभर बसेर सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने गरी सूचीलाई अन्तिम रुप दिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७