कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र बद्री पाण्डेको उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार
123451639203183

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि नेताहरू मानबहादुर विश्वकर्मा र बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनीहरूले उक्त पदका लागि उम्मेदवारी दर्ता हुन् । आफूले शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दर्ता गराएको विश्वकर्माले दाबी गरेका छन् ।

पाण्डेले भने पौडेल-कोइराला प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७