पौडेललाई भेटेर शेखरले भने, ‘सभापतिमा अघि बढें, आर्शिवाद दिनुस्’


२७ मंसिर २०७८, सोमबार
1639369365 shekhar and ramchandra 1200x560 1

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन् । कोइरालाले आज (सोमबार) बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन् ।

भेटमा शेखरले आफू सभापतिमा अगाडि बढिसकेकोले आर्शिवाद दिन आग्रह गरेका थिए । उनले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । प्रकाशमान वा शेखर कसलाई सर्वसम्मत उम्मेदवार बनाउने भन्ने पौडेल पक्षले निणर्य गर्न सकेको छैन ।
भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए । राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेच्छा कोइरालालाई नै रहेको बताएका थिए ।

भेटका अवसरमा पौडेलले संस्थापन इतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए । सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेच्छा कोइरालालाई नै रहेको बताएका थिए । निर्वाचन प्रक्रियामा भाग नलिएपनि सभापतिका उम्मेदवार डा. कोइरालालाई आफ्नो समर्थन रहने उनले प्रष्ट पारेका छन् ।

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने निणर्य गरिसकेका छन् । सोमबार बिहानबाट नयाँ नेतृत्वका लागि मतदान प्रक्रियामा उनले भाग नलिने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी अहिलेको अस्वस्थ प्रतिस्पर्धाप्रति नेता पौडेलले असहमति जनाएको बताए । अधिकारीले भने ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नु भएको छ ।’ सभापतिमा शेरबहादुर देउवा, डा. कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७