एमाले राजा र प्रजाको पञ्चायती पार्टी : खगेन्द्र संग्रौला


२७ मंसिर २०७८, सोमबार
kp oli khagendra

काठमाडौं, २७ मंसिर । वरिष्ठ लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले नेकपा एमालेलाई ‘पञ्चायती’ पार्टीको संज्ञा दिएका छन् ।
दशौं महाधिवेशनपछि एमालेले आइतबार केन्द्रीय कमिटीलाई पूणर्ता, स्थायी र पोलिटब्युरो कमिटी गठन तथा कार्यविभाजन गरेपछि लेखक संग्रौलाले कडा प्रतिक्रिया दिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले तजबिजीमा कमिटीहरू गठन र कार्यविभाजन गरेका उनको आरोप छ ।

‘ओली सरले सदाझैं तजबिजी काइदाले केन्द्रीय सदस्य मनोनयन र पोलिटब्युरो तथा स्थायी समिति गठन गरी कार्यविभाजन गर्दा एमालेमा कोही कोहीले रुन्चे गनगन गरेछन्’, सोमबार दिउँसो लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘आफ्नै गनगन थाकेपछि यी रुन्चेहरू पुनः ओली सरको स्तुतीगान गर्न थाल्छन् । भनिसकें त- एमाले राजा र प्रजाको पञ्चायती पार्टी हो ।’ संग्रौलाले केपी शर्मा ओलीको बारम्बार आलोचना गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७