दुवै मात्रा खोप लगाएका कोरोना संक्रमितको मृत्यु


४ पुष २०७८, आईतवार
korona covid 19 2 scaled

बैतडी । बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-१ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

कोभिसिल्डको दुवै मात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ । यससँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जना मात्रै सक्रिय सङ्क्रमित छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७