फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु


४ पुष २०७८, आईतवार
Capture1639896356

काठमाडौं । फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ । गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो । प्रान्तीय गभर्नर अर्थर यापले राहत कार्य जारी रहेको बताएका छन् ।

यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेको संख्या ३१ जना रहेको रोयटर्सले जनाएको छ । बोहोल प्रान्तमा सञ्चार सम्पर्क र विद्युत् आपूर्ति अवरुद्ध भएको छ । गभर्नर यापले विशेष गरी खानेपानीसहित राहत सामग्री सहयोग गर्न अपील गरेका छन् ।

यस्तै, दक्षिणी टापु डिनागटमा झण्डै ९० देखि ९५ प्रतिशत घरमा क्षति पुगेको र १० जना मानिसको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन् । चार लाखभन्दा बढी मानिसलाई अस्थायी आवासमा राखिएको छ । फिलिपिन्समा हरेक वर्ष करिब २० उष्ण प्रदेशीय आँधी आउने गर्छ, जसका कारण बाढी पहिरो जाने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७