सर्वदलीय वैठक : सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लगिने


४ पुष २०७८, आईतवार
sarbdaliya

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा एमसीसी राष्ट्रको पक्षमा नभएको हुँदा पारित नहुने बताएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए ।

उनका अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पास गराउनुपर्छ भनेर जोड गरेपछि माओवादी नेता श्रेष्ठले आफूहरु विपक्षमा उभिने बताएका थिए । ‘माओवादीले हामी समर्थन गर्दैनौँ भनेर भनेको छ । प्रचण्ड र नारायणकाजी श्रेष्ठले अघि बढाउन मिल्दैन भन्नु भयो । माओवादी र नेकपा एसको अडान कायम रहे एमसीसी पारित हुँदैन ।’ उनले कांग्रेससहित बाबुराम भट्टराईले एमसीसी मुलुकको हितमा भएकाले पारित गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७