कांग्रेस प्रदेश-२ अधिवेशन : मतपत्र छाप्न ढिलाइ, शुरु भएन मतदान प्रक्रिया

फितलो व्यवस्थापनले प्रतिनिधिलाई दिन बिताउनै सकस


७ पुष २०७८, बुधबार
congress election pra 2 foN6Ez2uS6

जनकपुर । नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशनमा मतपत्र छपाइमा ढिलाइ हुँदा मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान शुरु हुन सकेको छैन ।

निर्वाचन अधिकृत प्रल्हाद गौतमले मतपत्र छाप्ने क्रममा रहेको जानकारी दिएका छन् । ‘छापाखानामा मतपत्र छाप्न क्रममा छ,’ निर्वाचन अधिकृत गौतमले भने,‘ ५ बजे अघि नै मतदना शुरु गर्ने तयारी भएको छ । मतपत्र समयमा नछापिदा तोकिएको समयमा मतदान हुन सकेन ।’ मतदानको नयाँ समयसहितको सूचना निकाल्ने तयारी भइरहेको उनले बताए ।

मतदान नहुँदा जिल्लाहरुबाट आएका प्रतिनिधिहरु जनकपुरमा थन्किएका छन् । अधिवेशन स्थलमा प्रतिनिधिलाई दिन बिताउनै समस्या भएको सर्लाहीको नवलपुरबाट आएका प्रतिनिधि राजु राईले बताए ।

‘अधिवेशन स्थलमा प्रतिनिधिका लागि शौचालयको व्यवस्ता नहुँदा समस्या भएको छ,’ उनले भने, ‘अधिवेशन आयोजकको व्यवस्थापन पक्ष कमजोर हुँदा प्रतिनिधिलाई खान बस्न समस्या भयो । आसपासमा भिडलाई आवश्यक शैचालय नहुँदा दुर्गन्ध फैलिएको छ ।’ दूरदराजबाट मतदानका लागि आएका प्रतिनिधिलाई जनकपुरमा बास बस्न होटल उपलब्ध नहुँदा राति बस्नै समस्या भएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७