राजनीतिबाट विश्राम लिएको छैन, केही क्षणको अल्पविराम मात्र हो : रामचन्द्र पौडेल


९ पुष २०७८, शुक्रबार
Ramchandra Poudel

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीति नछाडेको प्रष्ट पारेका छन् । नेता पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक यात्रा जारी रहेको जानकारी गराएका हुन् ।

पार्टीका अन्य नेताहरूको सल्लाहमा आफू आन्तरिक प्रतिस्पर्धाबाट अलग रहने निणर्यअनुसार महाधिवेशनमा मतदानमा सहभागी नभएको उनले बताएका छन् । आफूले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको उनले उल्लेख गरेका छन् ।

‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनु पर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निणर्यमा पुगें र त्यस निणर्यप्रति इमानदार रहन मतदानबाटै अलग रहें’, विज्ञप्तिमा उल्लेख छ, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम लिनु होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ र अविछिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहने छ ।’

263589902 451857369938316 5770918669508661194 n.jpg .2021 12 24

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७