कांग्रेस प्रदेश-२ अधिवेशन : सात सय मत गन्दा उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखरको अग्रता


९ पुष २०७८, शुक्रबार
congres pradesh 2

जनकपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर-२ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।

सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सह महामन्त्री पदको गणना भइरहेको छ । पछिल्लो परिणाम अनुसार उपसभापति पदमा सभापतिमा निर्वाचित कृष्ण यादव समूहबाट चन्द्रशेखर यादव र बिरेन्द्र सिंह अगाडि देखिएका छन् । सात सय मत गणना हुँदा यादवले ३२१ र सिंहले ३७० मत पाएका छन् । रामसरोज यादवको प्यानलबाट बिनोद खनालले २७६ र धनलाल ठोकरले २४७ मत पाएका छन् ।

उपसभापति
वीरेन्द्रप्रसाद सिंह – ३७०
चन्द्रशेखर यादव – ३२१
विनोदकुमार खनाल – २७६
धनलाल ठोकर – २४७
रामआधारप्रसाद यादव – २८

महामन्त्री
उपेद्रकुमार यादव २६१
नरेशकुमार यादव २१३
वृहस्पति कृष्ण श्रेष्ठ २०५
हरेशप्रसाद महतो १९०
विनोद चौधरी ५५

सहमहामन्त्री (खुला)
अरविन्द अमात्य ५७
जयनारायणप्रसाद यादव २३८
नारायण चौधरी १६५
परशुराम चौधरी २३३
विनोदकुमार यादव १९२
रामनारायण महासेठ २४

सहमहामन्त्री (महिला)
विन्दुकुमारी यादव २४०
भीमादेवी शर्मा १४३
रीता यादव ३९
रेखादेवी महरान १९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७