२३५ मा कोरोना संक्रमण, चार जनाको मृत्यु


१६ पुष २०७८, शुक्रबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ७,८८५ जनाको पीसीआर परीक्षण गर्दा २,२२४ जना र १,१९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४,८७९ जना रहेका छन् । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७