हिउँमा फसेका बाबु छोराको हेलिकप्टरबाट उद्धार गरिंदै


१७ पुष २०७८, शनिबार
Helicoptor
सांकेतिक तस्विर

ताप्लेजुङ । बिहीबारदेखि हिउँमा फसेका ताप्लेजुङ मिक्वाखोला-५ का लाक्पाटासी र पासाङछिरिङको उद्धारका लागि हेलिकप्टर गएको छ । वडाध्यक्ष डण्डु लामाको पहलमा आइतबार बिहान हेलिकप्टर गएको हो ।

लोदेन खर्कमा गोठ सञ्चालन गरिरहेका उनीहरु हिउँपहिरो जान थालेपछि फसेका थिए । वरिपरि हिमपहिरो गएको र बीचको ओडारमा आफूहरु जोगिएर बसेकाले उद्धारका लागि शनिबार दिउँसो आफन्तलाई फोन गरेका थिए ।

त्यसपछि सम्पर्क नभएको लामाले बताए । हिमपहिरोले उनीहरुको २५ याक बगाएको छ । ‘उद्धारका लागि जान लागेका छौं,’ वडाध्यक्ष लामाले भने, ‘स्वास्थ्य अवस्था ठिकै रहेछ भने गाउँमा नभए अस्पताल लैजान्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७