माओवादीले टुङ्गो लगायो राष्ट्रिय सभाका पाँच उम्मेदवार


२० पुष २०७८, मंगलवार
perish dada party

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश-२ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार बनाएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ । आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७