राष्ट्रपति भण्डारी र बिम्स्टेकका महासचिव लेकफेलबीच भेटवार्ता


२१ पुष २०७८, बुधबार
rastrapati bhandari lekfel RaMnygKNF1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिन लेकफेलले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारी र महासचिव लेकफेलबीच बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हाल नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरत राज पौड्यालसँग भेटवार्ता गरेका छन् ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी मार्च ३० मा गर्न प्रस्ताव गरिएको छ । अध्यक्ष मुलुक श्रीलंकाले बिमस्टेकको पाँचौ शिखर सम्मेलन आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७