कलङ्कीमा मोटरसाइकल दुर्घटना, धादिङ्गकी युवतीको मृत्यु


२२ पुष २०७८, बिहीबार

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक घाइते छन् ।
धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गए राति मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्वयम्भूबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल गए राति करिब पौने २ बजे अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७