चुरे भावर एमालेमा समाहित


२८ आश्विन २०७४, शनिबार

काठमाडौं : नेकपा (एमाले) पार्टीमा चुरे भावर राष्ट्रिय एकता पार्टी समाहित भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुरे भावरलाई एमालेमा बिलय गराएको हो ।

chure bhawar

बद्री न्यौपाने नेतृत्वको चुरे भावरले राष्ट्रिय एकता, सार्बभौमिकता र स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको छ । एमालेले लिएको राष्ट्रियताको अडान, नेपाललाई आत्मानिर्भर बनाउने नीति, बिकास र समृद्धिको मार्गचित्रका कारण आफ्नो सिंगो पार्टी एमालेमा समाहित भएको न्यौपानेले बताए ।

अध्यक्ष ओलीले पार्टी एकताले शक्ति निर्माण गर्ने भन्दै बिचार मिल्ने, नीति र सिद्धान्त मिल्ने दलहरुका बीचमा भएको तालमेल र एकताबाट नआत्तिलन कांग्रेस लगायतका दलमा आग्रह गरे । उनले निर्वाचन नगराउने तर्फबाट सम्पूर्ण खेल बन्द गर्न सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७