प्रधानमन्त्री बालकोट गएकोमा बाबुराम असन्तुष्ट, भने, ‘झुक्ने होइन, लड्ने हिम्मत गरौं’


२४ पुष २०७८, शनिबार

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएकोप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबारको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाउने निणर्य गरेको थियो । त्यसमा समेत बाबुराम सन्तुष्ट थिएनन् ।

बाबुरामले सो निणर्यप्रति सांकेतिक असन्तुष्टि जनाउँदै शुक्रबार साँझै ट्वीट गरेका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताएका थिए । देउवाले आजै ओलीसँग भेट गरिसकेका छन् ।

यसबीचमा प्रधानमन्त्रीको दूतका रुपमा रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतलगायतका नेताहरुले पनि बालकोट पुगेर ओलीसँग संवाद गरेका छन् । बाबुरामले भने ओलीको नाम नलिइ भनेका छन्, ‘प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं । प्रतिगमनकारीसँग झुक्ने हैन, लड्ने हिम्मत गरौं !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७