ओलीले प्रचण्डको टाउकोमा चढेर अल्लो हुने चाहनाले मात्रै पार्टी एकता गरेका थिए : माधव नेपाल


२४ पुष २०७८, शनिबार
madhav kumar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि मात्र एमाले र माओवादी केन्द्रको एकता गरेको आरोप लगाएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टाउकोमा टेकेर अग्लो हुने चाहनामा मात्र पार्टी एकता गरेको टिप्पणी गरेको आरोप लगाए । प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकी ओली अहिले तथानाम गालीगलौजमा उत्रिएको उनको भनाइ थियो । उनले ओलीले आफूले गज्जब काम गरेको भनेर ‘गुड्डी हाँक्दै हिंडेको’ पनि बताए ।
ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनले बताए । ‘…बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे ।

त्यो के हो भने, प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत ।’ उनले थपे, ‘बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । मभन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो ।’

अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरूलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । पार्टीभित्र ‘केपी बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण गर्ने गरेको उनले बताए । उनले पार्टीका नेता-कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटक-पटक सचेत गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७