कामना सेवा विकास बैंक बन्यो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक


४ माघ २०७८, मंगलवार
kamana sewa FAZZrUu6wC

काठमाडौं, ४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, कामना सेवा विकास बैंक बनेको छ । बैंकले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफामा अधिकतम् ११.८९ प्रतिशतले गिरावट आएको छ ।

मंगलबार जारी रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्ष ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाउँदा यस वर्षको समीक्षा अवधिमा जम्मा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ मात्र कमाउन सकेको छ । बैंकले यस वर्ष गैर सञ्चालन आम्दानी खासै नगरेकाले खुद नाफा घटेको जनाएको छ ।

दोस्रो त्रैमासको अन्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०२ पैसा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७