काठमाडौंमा आफ्नै घरभित्र दम्पती मृत्त भेटिए


१३ माघ २०७८, बिहीबार

काठमाडौं । काठमाडौंमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन् ।

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुग्दै छ । ‘वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७