८० वर्षीय बाबुको घाँटी थिचेर हत्या, तत्कालै छोरा पक्राउ


१३ माघ २०७८, बिहीबार
father murder

मोरङ । मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७