सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुन सक्छ, हस्ताक्षरका लागि स्ट्याण्डबाई छौं : महेश बस्नेत


२५ माघ २०७८, मंगलवार
28 Shares
mahesh basnet

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने, ‘अब एमालेले सभामुख ज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ, सभामुख ज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँकै कारणले ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि बताए । उसो भए एमालेले महाभियोग प्रस्ताव दर्ता गराउँछ त ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले नै पार्टीको निणर्य नभइकन मैले भन्न त हतार होला, त्यो विषय पनि एउटा विषय हुनसक्छ, राजनीतिक घटनाक्रम कसरी विकास हुन्छ ? एउटा परिस्थिति त्यो हुनपनि सक्छ । तयारी गर्नै परेन नि ? हामी सय जना स्ट्याण्डबाई छौं । जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्‍याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुन पनि सक्छ ।’

उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने घोषणाको स्वागत गरे । स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँग पनि गठबन्धन नगर्ने समेत बस्नेतले बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७