प्रधानसेनापति शर्माले गरे कञ्चनपुरको होल्डिङ सेन्टर निरीक्षण


२८ माघ २०७८, शुक्रबार
senapati 20220211053807

कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरस्थित होल्डिङ सेन्टर निरीक्षण गरेका छन् । शुक्रबार बिहान भीमदत्त नगरपालिका-१८ स्थित सालघारीमा सेनाले निर्माण गरिरहेको एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

त्यसैगरी कञ्चनपुरको भगतपुरस्थित श्री नं.२५ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका छन् । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै ब्यारेक क्षेत्र समेत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७