टेलिकमको भ्यालेन्टाइन्स डे अफर : ४९ रुपैयाँमै अनलिमिटेड भ्वाइस र डेटा


१ फाल्गुन २०७८, आईतवार
mobile 1
फाइल फोटो

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ । प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो ।

टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ । ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्ने छन् ।

अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । ८१४१५३ डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिने छ । यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७