उर्लाबारीमा चिर्पटले हानेर महिलाको हत्या, छोरा पक्राउ


२ फाल्गुन २०७८, सोमबार
28 Shares
gangaprasad

मोरङ । मोरङको उर्लाबारीमा एक वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ । चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०ः२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७