सर्लाहीमा वृद्धको जलेर मृत्यु


२ फाल्गुन २०७८, सोमबार
death

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुरमा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका- ८, शंकपुरनिवासी ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर मृत्यु भएको हो ।

सोमबार बिहान २ बजेतिर साहको आँगनमा एक्कासी आगो दन्किरहेको स्थानीयले देखेको बताएका छन् । तत्कालै पानी हालेर आगो निभाए पनि वृद्ध साहलाई भने बचाउन नसकिएको स्थानीयको भनाइ छ ।

आगोले शरीरको अधिकांश भाग जलेका साहको घटनास्थलमै ज्यान गएको थियो । अचानक साहको शरीरका आगो दन्किरहेको देखेपछि हतारहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितको भनाइ छ । परिवारका अन्य सदस्यसहित साह आइतबार राति घरमै सुतेका थिए ।

मृतक साहमा केही समयदेखि प्यारलाइसिस को समस्या थियो । उनको शरीरमा कसरी आगो लाग्यो भन्नेबारे खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७