ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने


३ फाल्गुन २०७८, मंगलवार
gyanendra sashi

काठमाडौं : ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ।

मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा ६ फागुनमा गरिने श्रेष्ठको भनाई छ ।

समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो।

वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७