ललितपुरमा १३ वर्षीया बालिकामाथि बसभित्रै बलात्कार, ३८ वर्षीय युवक पक्राउ


५ चैत्र २०७८, शनिबार
pakrau
फाइल फोटो

ललितपुर । ललितपुरमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका-३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका-१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनी शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत
यस्तै काठमाडौंमा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार राति चन्द्रागिरि नगरपालिका-६, छापाली बस्ने २१ वर्षीय मनीष बिडारीलाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बिडारीलाई पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७