सल्यानमा ड्युटीमा रहेका प्रहरी जवान मृत फेला


१५ चैत्र २०७८, मंगलवार
police2022 03 29 09 04 06

सल्यान । सल्यानमा एक प्रहरी जवान मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो ।

गए राति १० बजेदेखि २ बजेसम्म इलाका प्रहरी कार्यालय श्रीनगरको मुख्यद्वारमा ड्युटीमा रहेका केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाको कारण नखुले पनि ३० मिटर छाङ्गोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मृतक प्रहरी जवान केसी रुकुम पश्चिमको मुसिकोट-१३ छिवाङका हुन् ।

घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७