मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो : करिश्मा मानन्धर


१७ चैत्र २०७८, बिहीबार
Karishma Manandhar

काठमाडौं । केही दिनअघि नेकपा एमालेको कार्यक्रममा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताएकी थिइन् ।

गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’

उनको यो अभिव्यक्तिको सबैतिर चर्चा भयो । धेरैले उनको यो भनाइको मजाक समेत उडाए । केही समय त नेपाली ट्रोलहरु पनि करिश्मामय नै भए भन्दा फरक नपर्ला । आज सामाजिक सञ्जाल फेसबुकमा करिश्माले आफूविरुद्ध गरिएका व्यङ्ग्यबारे लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो समय निष्क्रिय रहेकी थिइन् । उनी केही समयको ग्यापपछि पुनः राजनीतिक यात्रा शुरू नेकपा एमालेबाट शुरू गरेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७