याम सुब्बा र संगीता चौधरीलाई जिताउनुस्, इटहरीको विकासको जिम्मा मेरो : ओली


२४ बैशाख २०७९, शनिबार
279498842 5619015261460210 7116112279896056188 n

इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताएका छन् ।

इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने बताए ।

‘भोट हाल्ने काम तपाईहरूको, विजयी बनाउने काम तपाईहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनु हुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाइनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नु हुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’

आगामी प्रतिनिधिसभाको चुनावमा एमालेको बहुमत आउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफूले बजेट अभाव हुन् नदिने ओलीले बताए । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गरे ।

उनीहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि परेको जनाउँदै धन्यवाद समेत दिए । इटहरीको विकासको बाँकी कामलाई अघि बढाउन, सुन्दर र आधुनिक विकसित नमूना नगर बनाउने कामको अभिभारा याम-संगीताको काँधमा आउन लागेको उनले बताए । उनले सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन इटहरीबासीलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७