कपिलवस्तु महाराजगञ्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन


२७ बैशाख २०७९, मंगलवार
thumb 1 2

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति निधन भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गए राति १ बजेतिर मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढने उनले बताए । कुर्मी महाराजगञ्ज नगरपालिका-२, गैडहवाकी बासिन्दा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७