राप्रपामा पाँच विभागीय प्रमुख मनोनित


२४ जेष्ठ २०७९, मंगलवार
Rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पाँच विभागमा प्रमुख मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम राजनीतिक, प्रशिक्षण, संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध र स्वास्थ्य विभागको प्रमुख पदमा मनोनयन गरेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राजनीतिक विभाग प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङ, प्रशिक्षण विभागमा उपाध्यक्ष ध्रुव बहादुर प्रधान, संगठन विभागमा महामन्त्री डा. धवल शमशेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा महामन्त्री भुवन कुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्राध्यापक डा. रामप्रसाद उप्रेती विभागीय प्रमुख मनोनित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७