इन्धन कम प्रयोग गर्न नागरिकलाई श्रीलंकाका प्रधानमन्त्रीको आग्रह


२५ जेष्ठ २०७९, बुधबार
35 Shares
Ranil

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् ।

संसद्मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।
श्रीलंकाले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘आउँदो तीन हप्ता हाम्रो लागि इन्धनको सन्दर्भमा कठिन समय हुनेछ । अतः हामी सबैले इन्धन र ग्यास होसियारी साथ प्रयोग गर्नुपर्छ । अनावश्यक यात्रा सकेसम्म सीमित गर्नुपर्छ । त्यसैले म सबै नागरिकहरूलाई यसबाट टाढा रहन आग्रह गर्दछु । यस अवधिमा इन्धन र ग्यासको भण्डारण गर्ने बारे सोच्दै छु’, सिन्ह्वाले विक्रमासिङ्घेलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
‘ती कठिन तीन हप्ता पछि हामी थप अवरोध बिना इन्धन र खाना उपलब्ध गराउने प्रयास गर्नेछौ । यो सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको छ’, उनले थपे ।

ncll 2

श्रीलंका विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ । आर्थिक र राजनीतिक उथलपुथलका कारण महिनौंदेखि ठूल्ठूला विरोध प्रदर्शनहरू भइरहेका छन् जसले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अपदस्थ गरेको थियो । रासस

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७