चीनमा पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता


१९ असार २०७९, आईतवार
crane 20220703135808

चीन । चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् ।
सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् । विज्ञप्ति अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ । केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुर्याएको थियाे ।

आँधीले अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ । दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको डुबानमा परेको हुन सक्ने देखिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७