आबेमाथि गोली प्रहार लोकतन्त्रमाथिको ‘घृणित’ आक्रमण : जापानका प्रधानमन्त्री

कस्तो छ आबेको अवस्था, गोली हान्ने व्यक्ति को हुन् ?


२४ असार २०७९, शुक्रबार
fumio kishida japan pm

काठमाडौँ । पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि भएको आक्रमणको जापानका प्रधानमन्त्री फुमियो किशिदाले घटनाले निन्दा गरेका छन् । पूर्व प्रधानमन्त्रीमाथिको आक्रमणविरुद्ध एक भावनात्मक भाषणमा बोल्दै उनले गोलीबारीलाई ‘घृणित कार्य’ भनेर निन्दा गरेका हुन् ।

गोली प्रहार गर्नेको मनसाय अहिलेसम्म अज्ञात रहे पनि चुनावी अभियानसँगको सम्बन्धलाई बेवास्ता गर्न नसकिने उनको भनाइ छ । ‘चुनाव हुँदैछ । लोकतन्त्रको आधार नै यही हो र यस्तो घटना भएको छ,’ उनले भने ।
‘यो बर्बर र दुर्भावनापूणर् छ र यसलाई सहन सकिँदैन । हामी सक्दो गर्नेछौं र म यस कार्यको निन्दा गर्न सम्भव भएका सबैभन्दा चरम शब्दहरू प्रयोग गर्न चाहन्छु ।’
कस्तो छ आबेको अवस्था, गोली हान्ने व्यक्ति को हुन् ?
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई गोली हानिएको हो ।

shinzo abelai goli hanne 62Sd0zap9Z

घटना लगत्तै प्रहरीले गोली हानेको आरोपमा घटनास्थलबाट एक युवकलाई पक्राउ गरेको छ । आक्रमणकारीले पूर्व प्रधानमन्त्रीलाई पछाडिबाट गोली हानेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

जापान टाइम्सका अनुसार पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार स्थानीय समयानुसार बिहान ११ः३० बजे नारा सहरमा भाषण गरिरहेका बेला गोली हानिएको थियो । र्‍याली नारा सहरको यमातोसैदाइजी स्टेसन नजिकै आयोजना गरिएको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा दुईवटा गोली चलेका छन् । पूर्व प्रधानमन्त्री आबेबाहेक अन्य केही व्यक्ति पनि घाइते भएको बताइएको छ । पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई पछाडि गोली लागेको छ ।
को हुन् आक्रमणकारी ?
जापान टाइम्सका अनुसार शिन्जो आबेलाई गोली हान्ने संदिग्धको नाम तेत्सुया यामागामी हो । उनको उमेर ४१ वर्ष छ । उनी नारा सहरकै बासिन्दा हुन् । प्रहरीले उनीसँग बयान लिइरहेको जनाइएको छ । उनी जापानी नौसेनाका पूर्व सैनिक भएको बताइएको छ । गोली लागेका आवेशको उपचार चलिरहेको छ । उनी अझै बेहोस रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७