‘एमाले आफ्नो विभागको हराएको मान्छे खोज्दैन, सिसी क्यामेरा खोज्दै हिंड्छ’


४ श्रावण २०७९, बुधबार
gajendra mahat rss

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताए । एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिंडेको भन्दै कटाक्ष समेत गरे ।

उनले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरुले नै खोजी थाल्नुपर्ने व्यंग्य गरेका छन् ।
सांसद महतले भने, ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरतिर । यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी न सरकार गर्छ । न प्रतिपक्ष गर्छ । मैले अनौठो मानिरहेको छु ।’

उनले थपे, ‘सरकार विद्यार्थीको जिम्मा लगाइदिएको छ त्यो खोजी गर्ने । प्रतिपक्ष आफ्नो महत्वपूणर् सदस्य खोज्नुको साटो सिसी क्यामेरा खोज्दै हिँडेको छ । सिसी क्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ, त्यत्रो महत्वपूर्ण मान्छे हराएको छ त्यो खोज्ने कुनै समिति बनेकै छैन अहिलेसम्म । यो कसले खोजिदिने ? एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छेहरुले सरकारले, प्रतिपक्षले नखोजेपनि एम अधिकारी खोज्नुपर्‍यो । अरु कसलाई भनौं म ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७