ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने


२३ श्रावण २०७९, सोमबार
Gyanendra Shahi 1

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

शाही जुम्लाकै सिंजा गाउँपालिका-३ निवासी हुन् । उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकाले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेको बताएका छन् । निर्वाचनबारे औपचारिक जानकारी दिन शाहीले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७