जसपासँग सरकारमा बसेर काम गर्न गाह्रो छैन : राजेन्द्र महतो


२४ श्रावण २०७९, मंगलवार
rajendra mahato
फाइल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताएका छन् ।

आज मङ्गलवार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारमा मन्त्री बन्ने कुरा र आउँदो चुनावका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने उनले बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नका लागि कुनै गाह्रो नरहेको बताए ।

उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । अहिले पाँच दलीय गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुङ्गोमा पुग्नेछौँ । छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुङ्गोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन ।’ सांसद महतोले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७