देश बनाउन भावना, कल्पना र सपना चाहिन्छ : पौडेल


२६ श्रावण २०७९, बिहीबार
Ramchandara poudel scaled

काठमाडौं । सत्तारु नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका छन् ।

आज (बिहीबार) नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए । उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन् ।

कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ ।
‘साहित्य र कलालाई हामीले मिनिमाइज गर्‍यौँ भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ । हामीले केही प्रगति गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ’, उनले भने, ‘कल्पनाशीलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७