उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई


२८ श्रावण २०७९, शनिबार
congress 2 scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उमेदवारलाई उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको हो ।

congress 3

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्दी्रय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उमेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उमेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने उल्लेख रहेको कांग्रेस सहमहामन्त्री भीष्म आङ्दम्बेले जानकारी दिए ।

बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निणर्य गरिएकोमा उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बताए । बैठकले साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने निणर्य पनि गरेको छ ।

cc 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७