गठबन्धन कहर र डर दुवै : रामचन्द्र पौडेल


२९ श्रावण २०७९, आईतवार
Ramchandara poudel scaled

चितवन । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ मा हुने संघीय र प्रदेश निर्वाचनमा राजनीतिक संकट टार्न पाँच दलीय गठबन्धन गरिएको बताएका छन् । तालमेल गरेर जानपर्ने आवश्यकता अनुसार कांग्रेसले गठबन्धनको निर्णय गरेको उनले बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले धरातलीय यथार्थताको आधारमा सिट बाँढेर गठबन्धन गरिने बताए । ‘मुलुकलाई सुशासन चाहिएको छ । त्यसका लागी नैतिक शक्ति चाहिएको छ । अहिलेको गठबन्धन भनेको संविधानको आवश्यकता अनुसार हो ’, उनले भने, ‘हामीले गठबन्धन नगरे अरुले गर्छन् ? यो डरको र कहरको राजनीति हो ।’

दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलाइ गरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसलाई पास गर्नुपर्ने बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रमाणीकरणमा ढिलाइ गर्न आवश्यक नभएको बताए । ‘संसदले पारित गरेर पठाएको विधयेक स्वीकृत गर्न राष्ट्रपतिले अलमल गर्न हुन्थेन’, उनले भने, ‘राष्ट्रपति कार्यालयले प्रष्टीकरण दिइरहने अवस्था नगरुन् भन्ने हो । ’

नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) प्रमाणीकरणका लागि गत साउन ६ मा प्रतिनिधिसभा र १३ साउनमा राष्ट्रिय सभाबाट पारित भएपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति समक्ष पठाएका थिए । पौडेलले प्रमाणीकरण हुने दावी गरे ।

निर्वाचनपछि प्रधानमन्त्री को बन्ने भन्ने कुराको निर्णय हुने उनले बताए । आफू प्रधानमन्त्री बन्ने सहमति नभएको उनले जानकारी दिए । ‘को के बन्ने कुराको अहिले घोषणा हुँदैन । आवश्यकताले जसलाई अगाडि ल्याउँछ आकाक्षा सबैले राख्न पाउँछन् । प्रधानमन्त्री को बन्ने कुरा पार्टी र संसदीय दलले निर्णय गर्ने कुरा हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७