स्थानीयले गुलेली हानेपछि रोकिए फोहोरका गाडी

मेयर शाहको प्रश्न : प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ?


३० श्रावण २०७९, सोमबार
bancharedanda

काठमाडौँ । बञ्चरेडाँडाका स्थानीयले लुकीछिपी गुलेली हानेपछि काठमाडौंबाट फोहोर विसर्जनका लागि गएका गाडीहरु रोकिएका छन् ।

यसबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा देखिएको समस्या सतही मात्रै भएको टिप्पणी गरेका छन् । बञ्चरेडाँडामा फोहर फ्याँक्ने क्रममा आज सोमवार पनि अवरोध भएपछि टिप्पणी गर्दै मेयर शाहले यो समस्याको गहिरो र अलग्गै कारणहरू रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘राज्यले पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको, झण्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

मेयर साहले केही कमजोरी भएको स्वीकार्दै सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयवासीले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक नभएको बताएका छन् । तर उनले विगत दोहोर्‍याएर अपराध नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसका लागि केही समय भने लाग्ने उनको भनाइ छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको मेयर शाहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७