अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर विसर्जन


२ भाद्र २०७९, बिहीबार
56 Shares
bancharedanda 1
बञ्चरेडाँडामा फोहोर झारिएपछि गन्ध मार्ने औषधिसहितको पानी छर्किँदै। तस्बिर : बालेन्द्र शाहको फेसबुकबाट

काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको बताए । यसैबीच सिसडोल र बञ्चरेडाँडा क्षेत्रमा जाने सडकमा स्थानीयले गरिरहेको अवरोध हटेपछि फोहोर उठ्न थालेको जानकारी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘सडकमा अहिले भइरहेको सम्पूणर् अवरोध हटेका छन्’, मेयर शाहले भनेका छन्, ‘आज मात्रै २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेका छन् । यही गति कायम रहे केही दिनमा सबै फोहोर उठिसक्ने छ ।’

उनले फोहोर बोक्ने ट्रकहरु सीमित भएकाले व्यवसायीहरूसँग पनि सहयोग मागेका छन् । ‘हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु छन् । टिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ’, उनले भनेका छन्, ‘हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सबैप्रति आभारी छौँ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७