गोर्खा आान्दोलनका संस्थापक पदमबहादुर गुरूङलाई क्यान्सर


४ भाद्र २०७९, शनिबार
Padam Bahadur Gurung

किरण राई

लन्डन: गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आन्दोलनका संस्थापक गोर्खा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन् ।

२ वर्षदेखि प्रोस्टेटको रोगबाट ग्रसित ८० वर्षीय गुरूङ ६ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन् । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ महिनाअघि नै अप्रेसन गर्ने सल्लाह दिएकोमा आर्थिक अभाव र अभियानको व्यस्तता उपचार गर्न नपाएको परिवारले बताएको छ । गुरूङले तीन दशकअघिदेखि गोर्खा भूतपूर्व सैनिक संघ गेसो स्थापना गरी बेलायती सैनिकको समानता र अधिकारका लागि लडेका थिए ।

उनैले अगुवाइ गरेको आन्दोलनको कारण गोर्खा भूतपुर्व सैनिकहरूको पेन्सन वृद्वि, गोर्खा र तीनका सन्तानहरूलाई बेलायतमा आवसीय भिसा , विश्वयुद्वमा युद्वबन्दी भएकाहरूलाई क्षतिपूर्ति, कार्यरत सैनिकहरूलाई गोरा सम्मान सेवासुविधा प्राप्त गरेका थिए ।

गोर्खा आन्दोलनमा उनकै योगदानले गोर्खाहरूले अधिकार प्राप्त गरेका थिए । गोर्खाहरूको अधिकारका लडेका गुरूङको अन्य भूतपूर्व गोर्खाहरूको जस्तो पेन्सनलगायत सेवा सुविधा छैन ।

हाल गुरूङ गेसोका नेतृत्वमा छैनन् । उनले नेपालबाट ब्रिटिस सैनिक क्याम्प हटाउने तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन । सार्वभौम राष्ट्र हुनका लागि बिदेशी सेना हटनुपर्ने उनको अनिवार्य मान्यता रहेको छ ।

गुरूङ एक महिनादेखि बेलायतमा छन् । केही दिनमै नेपाल फर्कने गुरूङले बताएका छन । गुरूङको नेतृत्वमा भएको आन्दोलनकै कारण अधिकांश गोर्खा र तीनका सन्तान बेलायतमा बसोबास गर्दै आएका छन् । साथै सेवासुविधा वृद्धिले गोर्खाहरूको जीवनयापनमा समेत सहज भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७