गठबन्धन विदेशी सामु लम्पसार भयो, एमालेले १५० सिट जित्छ : ओली


१५ भाद्र २०७९, बुधबार
kp oli 3

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् ।

सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेकोरण् उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’

oli

उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे ।

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘कसैले विदेशीको हात समातेर सत्तामा पुग्ने सपना देखेका होलान् ।’ भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।
कार्यक्रम विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेता कार्यकर्तालाई ओलीले टीका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७