प्रभु बैंकका ग्राहकलाई हंगर हब रेस्टुरेन्टमा छुट


९ श्रावण २०७९, सोमबार
Prbhu Bank 1

काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहकले हंगर हब रेस्टुरेन्ट एन्ड बारमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले रेस्टुरेन्टका विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका डिजिटल सेल्स विभाग प्रमुख भेषराज धमला र हंगर हबका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हंगर हबद्वारा सञ्चालित रेस्टुरेन्टमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।

सम्झौताअन्तर्गत सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७