आज संविधान दिवस : विविध कार्यक्रम गरी मनाइँदै, सार्वजनिक बिदा


३ आश्विन २०७९, सोमबार
rambaran

काठमाडौं । आज (सोमबार) संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७