संविधान दिवस : टुँडिखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री {फोटो फिचर}


३ आश्विन २०७९, सोमबार
Sambidhan diwash 2079 4 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

Sambidhan diwash 2079 1
Sambidhan diwash 2079 2
306889152 401630465474796 3626793646936870520 n
Sambidhan diwash 2079 3
Sambidhan diwash 2079 4
307096878 770604254228705 5163780084181891918 n
sam 1
sam 1 1
sam 2
sam 3
sam 4
sam 5
sam 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७