नेप्से सूचक १६.०६ अंकले घट्यो, ५५ करोडको कारोबार


२५ आश्विन २०७९, मंगलवार
share market 1

काठमाडौं । शेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।

५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । दशैं अघिदेखि नै सकारात्मक बनेको बजार दशैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७